T 20 World Cup: क्यानडामाथि अमेरिकाको जित

|

जेष्ठ २०,डेस्क। आजबाट सुरु भएको आईसीसी मेन टी-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडामाथि शानदार जित हात परेको छ । समूह ‘ए’ अन्तर्गत डल्लासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

जितका लागि चाहिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा केवल ३ विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाको जितमा आरोन जोन्सले ४० बलमा अविजित ९४ रनको योगदान गरे । उनले ४ चौका र १० छक्का हिर्काए । एन्ड्रियास गाउसले ६५ रन बनाए ।

क्यानडाका लागि कलिम साना, डिलोन हेयलिगर र निखिल दत्तले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन जोड्यो । क्यानडाका लागि नभनित धलिवालले ६१ रन तथा निकोलास किर्टोनले ५१ रन बनाए ।

अमेरिकाका लागि अली खान, हर्मित सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित