जेठ २०,डेस्क। आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज बिहान आयोजक अमेरिका र क्यानडा भिड्दै छन् ।
टी-२० विश्वकपको नवौँ संस्करणको पहिलो खेल आइतबार बिहान सुरु हुन लागेका हुन् । यो खेल आइतबार बिहान ६: १५ बजे अमेरिकाको डालासमा हुँदैछ । पहिलो खेलमा टस जितेर अमेरिकाले क्यानडालाई ब्याटिङको निम्तो दिएको छ ।
आइतबार नै दोस्रो खेलमा अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनीले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार दोस्रो खेल साँझ ८:१५ बजे सुरु हुनेछ । आजदेखि विश्वकपका खेल सुरु भए पनि नेपालले मंगलबार मात्र पहिलो खेल खेल्नेछ ।
नेपालले जेठ २२ गते मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।
नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो।






