जेष्ठ २०,डेस्क । टी-२० विश्वकप क्रिकेटमा शतक हान्ने प्रत्येक नेपाली खेलाडीलाई वाइवाइले एक लाख प्रदान गर्ने घोषणा गरेको छ ।
वाइवाइले वेष्टइन्डिज र अमेरिकामा आइतबारदेखि सुरु हुने विश्वकपमा शतक प्रहार गर्ने नेपाली खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको हो ।
यस्तै प्रत्येक जितमा एक लाख ५० हजार र अर्धसतक प्रहार गर्ने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।
प्रत्येक विकेटमा १५ हजार, हरेक छक्कामा १२ हजार, हरेक चौकामा ८ हजार र हरेक रनमा एक हजार रुपैयाँ वाइवाइले प्रदान गर्ने उल्लेख गरेको छ ।
नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससंग अमेरिकामा खेल्नेछ ।






