BP Memorial कलेजलाई हराउँदै रा.रा.ब क्याम्पसले जित्यो Tournament क्रिकेटको उपाधि

|

जेष्ठ १८, डेस्क । रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) क्याम्पस र BP Memorial कलेज बीच आज भएको Inter College Cricket Tournament २०८० को Final खेलमा रा.रा.ब क्याम्पस विजय भएका छन ।

आज शुक्रबार भएको फाइनल खेलमा BP मेमोरियल कलेजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो र जम्मा १६ ओभर खेलेर ११३ रन बनाएर ११४ रनको लक्ष्य रा.रा.ब क्याम्पसलाइ दिएको रा.रा.ब क्याम्पस जनकपुरधामका स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिष यादवले जानकारी दिएका छन्।

एक सय १४ रनको लक्ष्य पाएको रा.रा.ब क्याम्पसले ५ ओभर बाँकी रहँदै रा.रा.ब क्याम्पसले विजय प्राप्त गरेको अध्यक्ष यादवले बताएका छन्।

उक्त खेलमा ४ ओभर बलिङ गरेर तीन विकेट लिए र १२ रन बनाएर रा.रा.ब क्याम्पसका विद्यार्थी अङ्कित सिंह राजपुत म्यान अफ द म्याच बनेका हुन ।

उक्त खेलको आयोजक B.Y.D Inter College Tournament Vision Nepal रहेको थियो ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित