जेष्ठ १८, डेस्क । आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेका छन ।
आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च मुल्य हो ।
बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको हो । सुनमा लाग्ने भन्सार दर १५ प्रतिशत रहेकोमा बजेटमार्फत २० प्रतिशत पुर्याइएको हो । महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो ।
त्यस्तै चाँदीको भाउ भने आज २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोला १ हजार ९ सय रुपैयाँ रहेको थियो ।





