जनकपुरधामको भाटभटेनी घुम्न गएका तीन बालिका तीन दिनदेखि बेपत्ता

|

जेष्ठ १७, डेस्क। महोत्तरीबाट जनकपुर घुम्न गएका तीन जना बालिका बेपत्ता भएका छन् । महोत्तरीको बर्दिबास नगरपालिका–१ का १० देखि १३ वर्ष उमेर समूहका तीन बालिका गएको मंगलबारदेखि बेपत्ता भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिएका छन्।

डीएसपी पोखरेलका अनुसार तीन बालिका गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर गएका थिए । तर, घर नफर्किएको भनेर जानकारी आएपछि उनीहरुको खोजी कार्य र घटनाको थप अनुसन्धान गरिरहेको उनले बताएका छन् ।

बेपत्ता हुने बालिका एउटा १० वर्षकी र बाँकी २ जना १३–१३ वर्षका छिन् । उनीहरु बर्दिबासमै रहेको देउराली मा वि र ग्लोवल एकेडेमीमा अध्ययनरत रहेका थिए।

चर्चित समाचार


भर्खरै प्रकाशित