आज सुनको मूल्य ह्वात्तै बढ्यो, चाँदीको घट्यो

|

जेष्ठ १७, डेस्क । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार तीन सय रुपैयाले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ ।
तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

आज चाँदीको मूल्य भने तोलामा रु ३० रुपैयाँ घट्दै एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित