जेष्ठ १६,डेस्क। ग्रीष्म ऋतु शुरु भएसँगै अत्याधिक पसिना आउने, धेरै तिर्खा लाग्ने, कमजोरी महसुस हुने, चक्कर लाग्ने, हेर्न समस्या हुने, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, छाला पहेंलो हुने जस्ता विभिन्न समस्याहरू निम्तिन्छन् l तर अब डराउनु पर्दैन, हामीले केही उपाय तथा पूर्व तयारी गरियो भने हामीले गर्मीबाट हुने जोखिमलाई कम गर्न सकिन्छ । यस लेखमा हामीले गर्मीबाट बच्न सक्ने केहि सुझावहरू प्रस्तुत गरेका छाैँ ।
– गर्मीबाट बच्नको लागि हामीले शरीर चिसो बनाउने खानेकुरा वा फलफूल जस्तै खर्बुजा, काक्रो, नरिवल, सुन्तला, कागती, अंगुर, भुइकटर, अनार, अम्बा, आदि
खाने गर्नु पर्दछ ।
– आफु बस्ने ठाउँलाई प्रत्यक्ष सूर्यको किरणबाट जोगाउन पर्दा वा ब्लाइन्डहरू प्रयोग गर्नुहोस् ।
– विशेष गरी गाढा रङका लुगाहरूको साटो हल्का, लुज-फिटिंग कपडाहरू लगाउने गरेमा पनि गर्मीको जोखिम कम हुने गर्दछ ।
– चर्को घाम लागीरहेको बेला सकेसम्म छत, रुख वा छाताको छायामा बस्नुहोस् । या घर भित्र बसिरहनुभएको छ भने पंखा वा एसीको शितलतामा बस्नुहोस् ।
– नियमित रुपमा (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने।
यी सुझावहरूको साथ, तपाईं गर्मीको असरलाई न्यूनिकरण गर्न सक्नुहुन्छ । यदि यी उपायहरु अबलम्बन गर्दा गर्दै पनि तपाईँको स्वास्थ्यमा समस्या आएमा आफ्नो नजिकको स्वास्थ चौकीमा गएर परामर्श लिन सक्नुहुन्छ ।





