जेष्ठ १५,डेस्क। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।
अर्थमन्त्री पुनले आज संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको थियो।
अब मन्त्री पुन सिंहदरबारबाट सोझै नयाँ बानेश्वरस्थित संघीय संसद भवन जानेछन्।





