काठमाडौं महानगरपालिकाले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैनः मन्त्री महासेठ

|

जेष्ठ १३, डेस्क। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरिरहेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका छन्।

संघीय संसद भवन अगाडि आइतबार आज पत्रकारहरूसँग मन्त्री महासेठले भने, न्युरोडमा सडक तोडफोड भएको थियो। त्यसलाई सडक विभागले रोकेको हो। ‘कलंकीदेखि महाराजगञ्जको सडकको कुरा मेयर बालेन शाहले उठाउनु भएको छ। त्यसमा मेरो कुनै आपत्ति छैन।’

महानगरपालिकाले हिजो शनिबार सडक विभागको गेटमा धुलो फालेको थियो। चक्रपथ मित्रराष्ट्र चीनसँगको सम्झौतामा भएको हो। उहाँहरुले बनाउदिन भनेपछि नेपाल सरकारले बनाउँछौँ,’ मन्त्री रघुवीर महासेठले भनेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित