जुवाको खालबाट २२ जना पक्राउ

|

जेष्ठ ११,डेस्क। नेपाल प्रहरीको टोलीले काठमाडौंको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङसमेत सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साथै गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बुसमेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।’

पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार पाँच सय ५० रुपैयाँ तथा केही थान ताससमेत बरामद गरिएको प्रहरीको जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित