जेष्ठ ११ ,डेस्क। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पुरा भएपछि उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताएका छन् ।
यसअघि अदालतले दिएको ३ दिनको म्याद सकिएको छ । शुक्रवार आज दोस्रोपटक म्याद लिइने अवाले जानकारी दिएका हुन्।
दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले मङ्गलवार काठमाडौँबाट पक्राउ गरेर सिरोहियालाई धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।





