जेष्ठ १०, डेस्क। महोत्तरीको मनरा सिस्वा नगरपालिकामा बिच सडकमा विजुलिको पोल छाडेर आर.सि.सि ढलान भएको छ।
मनरा सिस्वा नगरपालिका वडा नम्बर -३ सोनौलको बिच सडकमा विजुलिको पोल छाडेर आर.सि.सि ढलान गरेको पाईएको छ। ‘केही नभएकोसोनौल गाउँमा’ भनेझैं विकास निर्माणका कार्यमा कतिसम्म सरकारी उदासिनता हावी हुन्छ भन्ने कुरा महोत्तरीमा उदांगिएको छ । मनरा सिस्वा नगरपालिका वडा नम्बर ०३ सोनौलमा बनेको भित्री सडकले विकासमा हुने सरकारी उदासिनतालाई प्रष्ट्याएको छ ।
पक्की (आर.सि.सि ढलान) गरिएको सडकको बीच भागमा विद्युतका पोल ठडिएका छन् । यसले सरकारी कार्यालयबीच विकास निर्माणका काममा कत्तिको समन्वय हुँदोरहेछ भन्ने कुरा छर्लङ्ग भएको छ ।
उक्त कार्य १ वर्ष पहिला नै मधेस प्रदेश सांसद सरोज सिंह कुसबाहाको संसदीय कोषको बजेटबाट करिब एक करोडको हाराहारीमा उक्त आर.सि.सि ढलान निर्माण कार्य सम्पन्न भएको थियो।

बिच बाटोमै छाडेको बिद्युतको पोलमा ठोक्किएर कति जनाको हाथ खुट्टा समेत भाचेको स्थानीयवासीहरुले बताएका छन्। सो विकास निर्माणकार्य भोैतिक पुर्ब धारको टेन्डरमा भएको वडा अध्यक्ष अधिकारीले जनाएको छ ।
विद्युतीय कर्मचारी र भौतिक पूर्वाधारको कर्मचारी बिच कुराकानी नमिलेर बिच सडकमै बिजुलीको पोल छाडेर विकास निर्माण गरेको मनरा सिस्वा नगरपालिका वडा नम्बर -३ सोनौलका वडा अध्यक्ष अशोक अधिकारीले जनकारी दिएका छन्।
अध्यक्ष अशोक कुमार अधिकारीका अनुसार त्यो बिजुलीको पोल हटाउनको लागि भौतिक पूर्वाधारसँग आग्रह गरे पनि कुनै वास्ता नगरेको बताएका छ।






