जेठ १०, डेस्क। आज बिहीबार सुनको भाउ तोलामा १८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ७ सय रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९ सय रुपैयाँ रहेको चाँदी आज १८ सय ६५ रुपैयाँमा झरेको छ ।





