जेठ १०, डेस्क। धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । भने एक जना घाइते भएका छन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको प्रहरीले जनाएका छन्।
मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन्। सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।
मृतकका मामा खुसीलाल यादवले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन्।





