जनकपुरधाममा आज जानकी नवमी धुमधामले मनाइँदै

|

जेठ ४,डेस्क। माता सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी धुमधामले मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाउने प्रचलन रहेको छ ।

जानकी नवमीकै उप्लक्षमा आज मधेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा समेत दिएका छन्। आज विहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर लगायतका मन्दिरहरुमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गर्ने श्रद्धालुहरुको भिड लागेको छ ।

जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित