नेपाल रेल्वे फेरी तीन दिनका लागि बन्द हुदै

|

जेठ ४,डेस्क। भङ्गहा–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्मको लागि बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिए ।

उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने बताए । विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि सोहि समयमा सञ्चालन हुने जनाइएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित