जेष्ठ २,डेस्क। एमाले र माओवादी दुवैले सरकार र सर्मथन छोडेपनि मधेश सरकारको नेतृत्व टोड़न नमानेको जसपा नेपाल मधेश प्रदेशको संसदिय दलको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री निवासमा भएको छलफलमा पुर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित रहेको थियोे।
वहाँ पार्टीको काम विशेषले आउन सक्नु भएन उनले भने, ‘खुसी त के हुने, यस अघिको बैठकमा अलिअलि असन्तुष्टि र नोकझोक पनि हुन्थ्यो तर आज त सबैजना एकमत र सौहादपुर्ण वातावरणमा छलफल भयो ।’ उनको अनुसार बैठकमा मुख्यतः पाँच बुँदाहरुमा छलफल भएको छ ।
मधेश सरकारको नेतृत्वमा रहिरहने र त्यसका लागि बिश्वासको मत निर्धारित ३० दिनको समय भन्दा पनि अगावै लिने । षडयन्त्र तहत फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णय निर्वाचन आयोग माथी प्रश्न चिन्ह उभ्याएकाले सकारात्मक र अवसरको रुपमा लिदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टी गर्न सबै शक्ति लगाउने र त्यसमा मधेशबाट साथ दिने । मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आ आफनो तवरबाट सक्रिय हुने ।
अगामि जेठ २८ देखि ३० सम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आ-आफनो तर्फबाट सहयोग र भुमिका निर्वाह गर्ने । निति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदहरुले लिखित रुपमै संसदिय दललाई सुझाव दिनुपर्ने बिश्वासको मत सन्दर्भमा खिलित रुपमै निर्णय नभएपनि मौखिक रुपमा सो निश्कर्षमा पुगिएको थियो प्रमुख सचेतक राम अशिष यादवले बताए ।





