जेष्ठ ०३,डेस्क। सामाजिक विकृति तथा पुराना सोचका विरुद्धमा निर्माण भएको मैथिली कथानक चलचित्र “मिलन” एक साथ मैथिली भाषाको प्रभाव क्षेत्र भएका विभिन्न मैथली जिल्लाहरूमा भोली देखि एक साथ प्रदर्शन हुन लागेको छ ।
आर एस जे प्रोडक्सनद्वारा तयार पारिएको सो फिल्मको निर्माता निर्देशन श्याम सुन्दर झा र रामसुन्दर झा रहनु भएको छ । सन्तोष कुमार झाको लेखनमा निर्माण भएको ठूलो पर्दाको मैथिली कथानक चलचित्रमा समाजमा विधवा विवाहका विषयमा भएको गलत मान्यतालाई चिर्ने प्रयास गरेको छ ।
जनकपुरधाममा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा लेखक सन्तोष कुमार झाले फिल्म एक साथ जनकपुरधामको गिरिजा चलचित्र मन्दिर, सिरहाको लहान, राजविराज तथा विराटनगरको दुई वटा सिनेमा भोली देखि प्रदर्शन हुन लागेको छ ।
सबै क्षेत्रमा आर्थिक मंन्दिको प्रभाव भएको बेलामा ठूला पर्दाको सिनेमाको निर्माण गरेर मैथिली भाषा, संस्कृति तथा परम्परालाई उजागर गर्ने काम भएको छ । सो फिल्मको नायकको रुपमा रहेका सञ्जीव पुनम मिश्रले आइ पि एस अफिसरको रुपमा भूमिका निर्वाह गरेका छन् भने नायिका मेघा सक्सेना रहनु भएको छ ।
चलचित्रमा कथा निक्कै सशक्त रहेको दाबी गरिइएको छ । सिनेमा हलमा दर्शक प्रवेश गरेपछि भरपुर मनोरञ्जन पाउने दाबी फिल्मका कथाकार सन्तोष कुमार झाले दाबी गर्नु भयो । सपनाको नगरी मुम्बईमा तयार पारिएको सो फिल्म दर्शकको माझमा निकै राम्रो छाप छोर्ने विश्वास गरिइएको छ ।






