धनगढी : ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु

|

वैशाख ३०,डेस्क। धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१५ कनरीमा से १ त ९७५४ नम्बरको ट्याक्टरको पछाडिको टायर पड्किएर दुर्घटना हुँदा वडा नम्बर १३ कैलाली गाउँका २१ वर्षीय समीर रानाको मृत्यु भएको हो ।

शनिबार हिजो ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएका छन्।

घटना पछि प्रहरीले ट्याक्टर र चालक घोडाघोडी नगरपालिका—१० का २२ वर्षीय अविशेक चौधरीलाई नियन्त्रण लिएरु आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित