मिर्चैयाको आगलागि पीडितहरुलाई “HELPING HEART ” सँस्था द्वारा राहत उपलब्ध

|

वैशाख २८, डेस्क। सिरहाको मिर्चैयास्थित भएको आगलागिबाट विस्थापित भएका परिवारलाई “HELPING HEART ” नामक सँस्थाले राहत सहयोग गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ८ मझौवा टोलस्थित भएको आगलगिबाट ६ घर जलेर ध्वस्त भएपछि विस्थापित भएको सो पीडित परिवारलाई “HELPING HEART ” ले राहत दिएको हो ।

आगलागिबाट सबै धनमाल जलेर नष्ट भएपछि अन्यन्त्र वास बाहेक केही नबाँचेको भन्दै “HELPING HEART ” नामक समाजिक सँस्थाले नेपाल तरुण दल सिरहाको विशेष पहलमा उक्त सँस्थाले लत्ताकपडा ,चामल, दाल, चुरा ,नुन, तेल ,तरकारी लगायत अन्य सामाग्री बितरण गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित