वैशाख २७,डेस्क। धनुषामा बाली संरक्षण गर्न खेतमा लगाएको विद्युतीय तारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो रहेका छन् ।
हिजो दिउँसो घाँस लिन निस्केका अमरेशको शव आज बिहान स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन्।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





