वैशाख २६, डेस्क। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन आज वीर अस्पताल पुगेका छन् । बुधबार दिउँसो उनले वीर अस्पतालमा दाँतको उपचार गराएका हुन् ।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाका अनुसार अस्पतालकी चिकत्सक डा रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको उपचार गरेको छ ।
‘आज बिहानदेखि दात दुखिरहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो’, प्रधानमन्त्रीको सचिवालयको भनाइ रहेका छन।





