सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

|

वैशाख २६,डेस्क। सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–७ सुगारेस्थित सडकमा खोरभञ्याङबाट कटारीतर्फ जाँदै गरेको ना.६ त २५२९ नम्बरको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय विनोद सदाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई थप उपचारको लागि स्वस्तिक अस्पताल बर्दिबास महोत्तरी रिफर गरिएको छ । ट्याक्टर चालक फरार रहेको प्रहरीले बताएका छन्।

भने उनको खोजि कार्य भईरहेको प्रहरीले जानकारी दिएका छन्। साथै यस घटनाबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित