बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

|

वैशाख २४, डेस्क। नेपाली बजारमा सोमबार (आज) सुन–चाँदीको मूल्य बढेको छ।

सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी (आज) सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मुल्य प्रतितोलामा २० रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित