लामिछानेको मुद्दा आज पनि हेर्न नामिल्नेमा

|

वैशाख २३ डेस्क। सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्नेमा परेको छ ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।

क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित