सीके राउतले मटिहानी आगलागी पिडित परिवारलाई दिए १०४ ओटा ग्यास सिलिण्डर

|

वैशाख २१,डेस्क। जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ जरलहवा टोलका आगलागी पीडितलाई राहत स्वरुप ग्यास सिलिण्डर वितरण गरेका छन् ।

आज आगलगी प्रभावित क्षेत्रको अवलोकनमा पुगेका अध्यक्ष डा. राउतले १०४ प्रभावित परिवारलाई राहत स्वरुप ५ किलोको ग्यास सिलिन्डर सहयोग गरेका छन्।

। मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले मटिहानी नगरपालिका ७ जरलहवा बस्तीमा वैशाख १४ गते भीषण आगलागी हुँदा १०४ परिवारको करिब अढाई सय घर जलेर नष्ट भएको थियो। उक्त आगलागीबाट करोडौंको धनमाल जलेर नष्ट भएको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित