वैशाख २१, डेस्क। वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएका काठमाडौँ बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेका छन् । उनले आकर्षक तलबको लोभ देखाएर पीडितसँग ९ लाख रुपैया लिएर फरार भएका थिए ।
कँडेललाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताएका छन्। ।
यस घटनाबारे थप अनुसन्धानका लागी कँडेललाई वैदेशिक रोजगार विभागमा पठाइएको एसपी रेग्मीले जानकारी दिएका छन् ।





