बैशाख १८, डेस्क । हिजो धनुषाको नगराईन नगरपालिका वडा नम्बर ०२ जटहि बसपार्क नजिक एक जना पुरुषको शव फेला परेका युवक भारतीय रहेको पहिचान खुलेको छ ।
मृतक भारतको विहार राज्य मधुवनी जिल्लाको पहरा ग्रामपञ्चायत, झिकटैया थाना बासोपट्टी वडा नम्बर १ का ३२ वर्षीय मोहम्मद नवाउदिन रहेका छन् ।
उन्को शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





