नेपाल वेष्टइण्डिज ए सँग पराजित, रोहितको अर्धसतक खेर

|

वैशाख १६,डेस्क। घरेलु टोली नेपाल वेष्ट इण्डिज ए संग दोस्रो टी-२० खेलमा १० रनले पराजित भएको छ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।

गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए । ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित