पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु, एकजना गम्भीर घाइते

|

बैशाख १४, डेस्क । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन्।

सर्लाहीबाट महोत्तरीतर्फ जाँदै गरेको मोटरसाइकल आज बिहान करिब ९ बजे अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो। महोत्तरीको जंगलमा उक्त  मोटरसाइकल दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले बताएका छन ।

दुर्घटनापछि उपचारका लागि जनकपुरधाम लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार अर्की ५० वर्षिया महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएका छन् । उनलाई जनकपुरमा उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको प्रहरीले जनाएको छ। भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित