इँटा भट्टामा जिउँदै मान्छे जलाएको काण्डमा नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद

|

वैशाख १३,डेस्क। इँटा भट्टामा जिउँदै मान्छे जलाएर मरेको काण्डमा जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा अदालतले अभियुक्तहरुमाथि यस्तो सजाय सुनाएको हो । उनीहरुले मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।

त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा केही व्यक्ति घाइते भएका थिए । ती घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप आलम, उनका भाइसहित अन्यमाथि थियो ।

यो मुद्दाको थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित