वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने दुई जना पक्राउ

|

वैशाख १३, डेस्क। वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनसरी ईनरुवा नगरपालिका ०३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका ५ घर भई काठमाडौं महानगरपालिका १६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित