भक्तपुर : गाई फर्ममा आगलागी हुँदा १० वटा गाईको मृत्यु, १९ लाख बराबरको क्षति

|

वैशाख १३, डेस्क। गाई फर्ममा आगलागी हुँदा १० वटा गाई मरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ दधिकोट तर्खालमा ईश्वर न्यौपानेले सन्चालन गरेको गाई फर्ममा वैशाख ११ गते आगलागी भएको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरले आज वैशाख १३ गते दिएको जानकारी अनुसार आगोमा जलेर १० वटा गाई, टहरा र भाँडाकुँडा समेत गरीकरिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

दधिकोटका प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । घटनास्थलमा प्रहरी वृत ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली पनि खटिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित