महोत्तरीको मठिहानीमा भीषण आगलागी, २०० घर जलेर नष्ट

|

वैशाख १२, डेस्क। महोत्तरीमा आज भीषण आगलागी भएको छ ।

महोत्तरीको मठिहानी नगरपालिका- ६ मदरसा टोलमामा भीषण आगलागी भएको छ ।

बुधबार (आज) दिउँसो १२:३० बजे सल्केको आगोबाट अहिलेसम्म करिब  २०० भन्दा बढी घर जलेर नष्ट भएको छ । करिब ४,५ ओटा बाख्रा पनि आगलागीमा परि मृत्यु भएको हो। भने एक जना समान्य घाइते भएका स्थानीयले बताएका छन्। घटना स्थलमा अहिले ०९ वटा बारुणयन्त्र परिचालन गरिएको छ भने २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताएका छन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको डीएसपी सन्तुलाल जयसवारले बताएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित