बैशाख ११, डेस्क । जनकपुरको एक होटलमा दुई जना मृत फेला परेका छन । जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला परेका मध्य महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा फेला परेका धनुषा प्रहरीका प्रबक्ता रञ्जन अवाले बताएका छन ।
आज बिहान करीब ११ बजे तिर होटल होलिडे एण्ड गेष्ट हाउसको कोठा नम्बर २०५ मा दुबै जना पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेका डिएसपी रन्जन अवाले बताएका छन्।
उक्त कोठामा ती महिलाको अढाई वर्षीय छोरी रोइरहँदा आवाज सुनेपछि कोठामा हेर्दाखेरि दुवैजना मृत फेला परेका थिए। भने उनि दुबैको शव पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ।
भने यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






