धनुषा : आँपको बगैंचामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

|

बैशाख १०, डेस्क । धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार आज दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी भएको थियो । प्रहरी र वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित