भारत : विवाहबाट घर फर्किरहेको बेला गाडी दुर्घटना, ४ जनाको मृत्यु

|

वैशाख १०, डेस्क। विवाह समारोहमा सहभागी भएर घर फर्किरहेको बेला गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ।

आज सोमबार उत्तराखण्डको पिथौरागढ जिल्लामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार सोमबार पिथौरागढ जिल्ला नियन्त्रण कक्षले राज्य विपद् प्रतिक्रिया बल (एसडिआरएफ) लाई अँचोली क्षेत्रको अन्डोली नजिकै पिथौरागढ जिल्लामा गाडी दुर्घटनामा परेको जानकारी दिएको थियो । उक्त गाडीमा विवाह समारोहमा सहभागी भएर घर फर्किरहेका आठ जना सवार भएका थिए । मृतकहरुको पहिचान अहिले नखुलेको प्रहरीले बताएका छन्।

गाडी अनियन्त्रण भई बाटोबाट करिब दुई सय मिटर गहिरो खाडलमा खस्दा दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

दुर्घटनाको सूचना पाएपछि एएसआई सुन्दर सिंह बोराको नेतृत्वमा एसडिआरएफ टोली तुरुन्तै दुर्घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएका छन्।

घटनास्थलमा एसडिआरएफ टोलीले स्थानीय प्रहरी र बासिन्दासँग समन्वय गरी मृतक चार जनाको शव जिल्ला प्रहरीलाई हस्तान्तरण गरेको अधिकारीहरूले बताएका छन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

 

चर्चित समाचार


भर्खरै प्रकाशित