मादक पदार्थ सेवन गरेर आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

|

वैशाख १०, डेस्क। आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।

आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताएका छन् । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की समेत दिएको उनले बताएका छन्।

आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, सम्मानहरु समेत जलेको छ भने घर पूर्ण रुपमा क्षति भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित