बैशाख ०९, डेस्क। लागु औषध चामलको बोराभित्र लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११ वनौलीका ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भएका ४७ वर्षकै कमल अधिकारी रहेका छन् ।
बैशाख ०६ गतेको दिन नागढुंगा चेकपोष्टबाट डाइजापाम, नोर्फिन र फेनारगन गरी ३ हजार ३०८ ट्याब्लेटसहित मुखियालाई लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त लागु औषध काठमाडौं आइसकेपछि अधिकारीले बेच्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी रामेश्वर कार्कीले बताएका छन् ।
पक्राउ परेका दुबै जनाविरुद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गतको कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाइएको एसपी रामेश्वर कार्कीले बताएका छन्।





