खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

|

वैशाख ०८, डेस्क। खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिएका छन्।

शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएका छन्।
यस घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित