इजरायलमा मारिएका आनन्द साहको परिवारलाई मधेश सरकार द्वारा पाँच लाख सहयोग

|

बैशाख ०७, डेस्क। हमास समूहको आक्रमणमा मृत्यु भएका आनन्द साहको परिवारलाई पाँच लाख रुपैया राहत दिने भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले घोषणा गरेका थिए।

उक्त रकम आज मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मृतक साहका बुवा सोमन साहलाई पाँचलाख रुपैया बराबरको चेक हस्तान्तरण गरेका छन्।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समुहले गरेको आक्रमणमा परि साह सहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित