नेपाल टेलिकमले माग्यो १२९ पदमा आवेदन

|

वैशाख ०७, डेस्क । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेका छन्।

आज सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा दरखास्त आवेदन माग गरेको हो । नवौँदेखि तेस्रो तहसम्मका लागि दरखास्त आवेदन माग गरिएको छ ।

उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको नेपाल टेलिकमले सार्वजनिक गरेको सूचनामा उल्लेख रहेको छ।

वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । भने दोब्बर दस्तुर तिरेर जेष्ठ ०३ गते सम्म फारम भर्न सकिने सूचनामा उल्लेख छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित