बैशाख ०६, डेस्क। जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उनीसँगै जलिरहेकी घाइते अन्दाजी १० महिने बालिकाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ।
हिजो बुधवार राती जनकपुरधाम उपमहानगरपालिका–१६ कपलेश्वरनाथ मन्दिर देखि बेलौनी जाने बाटोको पोखरी डिलमा जलिरहेको अवस्थामा एक युवती र बालिकाको शव फेला परेको धनुषाको प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिएका छन्।
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर ०२ ईटहर्वा कट्टी कि अन्दाजी २४ बर्सिया प्रियंका महतो रहेका छिन्। भने उनकी छोरी १० महिनाको माहिर महतो रहेका छन्।
मृत घोषणा भएका दुबै जनाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन्।





