जनमत पार्टीको नाराबाजीपछि १० मिनट मधेस प्रदेशसभा स्थगित

|

बैशाख ४,डेस्क। मधेस प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।

जनमत पार्टीका सांसदहरुले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । मंगलबारको बैठक मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको थियो ।

सप्तरीको राजविराजमा मधेस कृषि विश्व विद्यालयको शिलान्यासका क्रममा भएको घटनाको जवाफ माग गर्दै जनमत पार्टीका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित