आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

|

बैशाख २,डेस्क। तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व भव्यताको साथ मनाइँदै छ। यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन्।

विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ। सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन्।

आज मिथिलाको पहिचान झल्किने खाने कुरा खाने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित