सिरहाको सुखीपुर नगरपालिकाका ७ औं स्थापना दिवस सु-सम्पन

|

चैत्र ३०,डेस्क। सिरहाको सुखीपुर नगरपालिकाका ७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्वतन्त्र युवा संगठन गुमस्ता कुमार यादवको आयोजनामा स्थापना दिवसमा आमरण अनस लगायतकालाई सम्मान, स्वास्थ्य शिविर, स्लो मोटर साईकल रेस सांस्कृतिक कार्यक्रम गरी मनाईएको हो ।

तत्कालिन सरकारले सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेपछि विभिन्न प्रकारको दबाबमुलक आन्दोलन र ६ दिन देखि आमरण अनसनमा बसे पछि वि.सं. २०७२ चैत २८ गते तत्कालिन नेपाल सरकारले मन्त्री परिषदको बैठकबाट सुखीपुर गाउँपालिकालाई परिवर्तनगरी पुनः सुखीपुर नगरपालिका घोषणा गरेपछि सोही दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

सुखीपुर नगरपालिका स्थापना दिवस चैत २८ गते मनाउने गर्छन् । सुखीपुर गाउँपालिकाबाट नगरपालिकाका परिवर्तन भई सुखीपुर नगरपालिका स्थापना भएको आज ८ वर्ष पुरा भई सकेको छ । बुधवार श्री राम जानकी वृज नारायण जनता बहुमुखी क्यापस सुखीपुरको प्राङ्खनमा आयोजित स्थापना दिवस कार्यक्रममा वक्र्ताहरुले नगरपालिका माथि आक्रोश पोखेको थियो । नगरपालिकाले मनाउने कार्यक्रम अन्य संस्थाले मनाउनु पर्ने बाध्यता अबको दिनमा नहुन दिन नगर प्रमुखलाई प्रमुख अतिथले चुनौती पनि गरे ।

त्यसैगरी सुखीपुर नगरपालिकाका वडा नम्वर ८ का वडा अध्यक्ष किशोरी प्रसाद चौधरीले सुखीपुर नगरपालिकाका नगर प्रमुखलाई आउने दिनमा परिवर्तन गरेपछि मात्रै भव्य कार्यक्रम हुने छ । हामीहरुले गर्ने कार्य अरुले गरिदिएकोले लाज लागि रहेको बताउनुभयो । साथ-साथै युवाको मनोबल बढाउन सम्मान जनक मन्तव्य राखेको थियोे ।

सुखीपुर नगरपालिका बचाऊ संघर्ष आ अहम भुमिका निर्वाह गरेका कर्मचारी मध्ये एक हाल सुखीपुर नगरपालिकाका ईन्जिनियर डोमी यादवले आजको दिन एकदमै खुशीको दिन हो । तर आज यो कार्यक्रममा उपस्थी हुँदा आफ्नो परिवारको सामर्थ्य नभएको खण्डमा अडोसी पडोसिले जन्मदिन मनाई दिएको अनुभुती भएको छ ।

त्यस्तै कार्यक्रममा सुखीपुर नगरपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष तथा तत्कालिन आमरण अनसनकारी हरेराम यादवले हाम्रो चुक हो । हामी वजेट विनियोजन गर्न लगाएनौ तर अब आफनै पालामा आउने दिवसहरु भब्यताका साथ हुने प्रतिवद्धता गर्नुभयो । साथ साथै कार्यक्रमका अध्यक्षता गर्नु भएका स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादव लाई सम्मान पुर्वक धन्यवाद ज्ञयापनण गरेका छ्न ।

त्यसै गरि तत्कालिन आमरण अनसनकारीविपी भुवन यादवले आज खुशीको दिन हो ।आज प्रत्येक घरमा दिप प्रजव्लन गर्ने दिन हो । यो कार्यक्रम नगरपालिकाले मात्रै आयोजना गर्ने कार्यक्रम होईन् । सुखीपुर नगरपालिकाका सम्पूर्ण नगरवासीले आ आफनो घरमा मनाउने कार्यक्रम हो भन्नुभयो ।

त्यस्तै कार्यक्रममा आमरण अन्सनकारी विन्देश्वर पजियार, लगायतले शुभकामना दिनुभएको थियो भने कार्यक्रमको संचालन श्याम कुमार यादव, स्वागत मनत्वय रोयाण्टर मण्डल, कार्यक्रमको प्रमुख आतिथी समाजसेवी राम प्रसाद चौधरी आतिथीमा भएको कार्यक्रमको अध्यक्षता स्वतन्त्र युवा संगठनका संयोजक गुमस्ता कुमार यादवले गर्नु भएको थियो । सोही कार्यक्रम को बारेमा जनकारि गुमस्ता कुमार यादवले बताउनु भएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित