कास्कीमा बस दुर्घटना हुँदा सात जना घाइते

|

चैत्र २९, डेस्क। कास्कीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट म्याग्दीको बेनी तर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस आज बिहान करिब ३ बजे हेम्जा सईखेतमा पल्टिँदा सात जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा बागलुङको तमानखोला गाउँपालिका वडा नं. ३ तमान बस्ने २५ वर्षीया रीता घर्ती, म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा, सोही ठाउँका ६ वर्षीय निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी र ४६ वर्षीया सुमित्रा फगामी छन् । त्यस्तै म्याग्दीकै मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नरबहादुर पुन र सोही ठाउँकी ६५ वर्षीया कृष्ण कुमारी पुन पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले बताएका छन्।

घाइतेहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

 

 

चर्चित समाचार


भर्खरै प्रकाशित