चैत २८,डेस्क। बाबुको हत्याको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
संखुवासभाको पाँचपखन नगरपालिका–२ गैरीगाउँका २६ वर्षीय सुमन राई पक्राउ परेका हुन् । समुनले आफ्ना बुबा ५३ वर्षीय युवराज राईको हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार २६ चैतमा घरायसी विषयमा विवाद हुँदा समुनले बुबालाई ढुङ्गाले अनुहारमा हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका युवराजको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा २६ चैतमै मृत्यु भएको थियो ।
बुबाको मृत्यु भएपछि सुमनलाई २७ चैतमा पक्राउ गरिएको संखुवासभाका इन्सपेक्टर अशोक कुमार जबेगुले जानकारी दिए । पक्राउ परेका सुमनविरुद्ध कर्तव्य ज्यानको कसूरमा म्याद लिइ अनुसन्धान अघि बढाइएको छ ।





