गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने आज जनकपुरधाममा

|

चैत्र २७, डेस्क। गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् ।

केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका हुन्। विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् ।

बुधबार तीनै सुरक्षा निकायका अधिकारीहरुसँग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ ।

यस्तै दाइजोको निहुँमा हत्या गरिएका आरती साहको माइत पक्षका परिवारसंग भेटघाट गर्ने पनि बुझिएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित